शीर्षकहरू

सीआईबी र राष्ट्र बैंकको संयुक्त टोलीद्वारा प्रभु बैंकमा छापा

सीआईबी र राष्ट्र बैंकको संयुक्त टोलीद्वारा प्रभु बैंकमा छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार प्रभु बैंकमा छापा मारेको छ । सीआईबी र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले उक्त बैंकमा छापा हानेको सीआईबीका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

सीआईबीले गत कार्तिक ११ गते प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। सोही मुद्दामा थप अनुसन्धानका लागि बैंकमा छापा मारेको बताइएको छ । छापामा बैंकको फाइलहरू जफत गरिएको छ र केही महत्वपूर्ण कागजातहरुको जाँच गरिएको छ।

प्रभु बैंकमा छापा हानिएको केही समयपछि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बेपत्ता भएका छन्। शेरचनको विरुद्ध नेपाल राष्ट्र बैंक र सीआईबीमा विभिन्न आर्थिक अनियमितताको आरोपमा उजुरी दायर गरेका छन्।

यो घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको र आवश्यक कानूनी कदम चालिने सीआईबीका अधिकारीहरुले बताएका छन्।