शीर्षकहरू

विकिरण वचत तथा ऋण सहकारीले १५ लाख मुनाफा कमायो

विकिरण वचत तथा ऋण सहकारीले १५ लाख  मुनाफा कमायो

भैरहवा । विकिरण वचत तथा ऋण सहकारी  सहकारीमा  १ करोड १७ लाख १२ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा रहेको उक्त सहकारीले आर्थिक वर्ष २०८१-८२ को असार मसान्तसम्ममा शेयर पुँजी पुर्याएको हो । संस्थाले ९ करोड ४१ लाख ६ हजार ५ सय ७५ रूपैया लगानी गरि १५ लाख ८१ रूपैया मुनाफा गरेको छ ।

आर्थिक तरलता भइरहेका बेला यो सहकारी सुरक्षित र पार्दर्सि  रहेको बताउदै शेयर सदस्यको हितमा रहेर काम गर्ने अध्यक्ष  डिल्लीराम अर्यालले बताए । संस्थापक अध्यक्ष ओमबहादुर थापाले कोटिहवा क्षेत्रको पुरानो सहकारी भएको बताउदै स्थापनाकालमा मासिक ५ रुपैया उठाएर सुरुवात गरेको स्मरण गरे ।

संस्थाले दीर्घ रोगी, मुटु, मृगौला, क्यान्सर लगायतका रोगीहरुलाई सहयोग सिपमुलक तालिम, अवलोकन भ्रमण र सहकारी शिक्षा तालिम गर्दै आएको छ । संस्थामा ५ सय ६ जना पुरुष सदस्य, ५ सय ५३ जना महिला सदस्य गरि १ हजार ३९ जना  शेयर सदस्य रहेका छन् ।

संस्थाको १४ औ वार्षिक साधारणसभा तथा अधिवेशन तथा पाँचौं अधिवेशनबाटअध्यक्षमा डिल्लीराम अर्याल उपाध्यक्ष भूपति न्यौपाने, सचिवमा लोकनाथ कोइराला, कोषाध्यक्षमा रेमलाल पाण्डे, सदस्यमा अरुणा हमाल ठकुरी, रमा शर्मा, तिर्थराज खरेल, कृष्णप्रसाद भण्डारी र बिमला गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत तारा प्रसाद छन्तेलले जानकारी दिए ।

यो संस्था २०५३ फागुन १६ गते स्थापना भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा कोषाध्यक्ष भविसरा रानाको स्वागत मन्तव्य र सचिव ध्रुब कुमार पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।