काठमाडौं । गरिमा विकास बैंकमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या २४ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनअनुसार ०.५० प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व भएका लगानीकर्ताको संख्या २४ रहेको छ ।
जहाँ सबैभन्दा धेरै शेयर स्वामित्व प्रदिप कुमार रुङगाटाको २.५६ प्रतिशत रहेको छ । जसको मूल्य १४ करोड ५५ लाख रुपैयाँ पर्न जान्छ । यसैगरी, श्याम प्रसाद बस्यालको स्वामित्व १.६३ प्रतिशत रहेको छ भने छविलाल कुँवरको १.३३, चन्द्रकान्त बरालको १.३१ र प्रेम बहादूर जीसीको १.१६ प्रतिशत रहेको छ ।
बस्यालको शेयर रकम ९२ लाख ८८ हजार, कुँवरको ७५ लाख ८२ हजार, बरालको ७४ लाख ६० हजार र जीसीको शेयर रकम ६५ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
डा. आनन्द प्रसाद श्रेष्ठको स्वामित्व ०.९८ प्रतिशत, अनिशश मधवरीको ०.९७, एनएमबी सरल बचत फण्ड ईको ०.९६, औम चोभाविरो फिड इण्डस्ट्रीजको ०.९३, दीपेन्द्र श्रेष्ठको ०.९२, जमुना काफ्लेको ०.८३, शिव प्रसाद कटुवाल क्षेत्रीको ०.८१, रमा कान्त बरालको ०.७९, गौरी श्रेष्ठको ०.७४, हिमान्शु खड्काको ०.७३ र शेर बहादुर बुढाथोकिको स्वामित्व ०.६८ प्रतिशत रहेको छ ।
त्यसैगरी, यादव कुमार श्रेष्ठको ०.६८, रविन्द्र राज जोशिको ०.६७, कर्ण बहादुर श्रेष्ठ र हरि कुमार श्रेष्ठको समान ०.६४। ०.६४, नारायण प्रसाद शर्माको ०.५७, भागवती देवी पाठकको ०.५६ र राम प्रसाद श्रेष्ठको ०.५२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
आर्थिकन्यूज