शीर्षकहरू

नेशनल लाइफको नाफा १४ करोड बढी, साढे ९३ अर्बको बन्यो जीवन बीमा कोष

नेशनल लाइफको नाफा १४ करोड बढी, साढे ९३ अर्बको बन्यो जीवन बीमा कोष

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा नेशनल लाइफ इन्स्यारेन्सको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नाफामा १.८० प्रतिशतको वृद्धि भएको हो। 

गत आवको पहिलो ३ महिनामा कम्पनीले १३ करोड ८३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा १४ करोड ८ लाख ८५ हजार रुपैयाँमा पुगेको छ । नाफासँगै कम्पनीको महाविपत्ति कोष पनि वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्म ६६ करोड ७२ लाख रुपैयाँ रहेको यस कोषमा चाल आवको सोही अवधिमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । यसैगरी जीवन बीमा कोष पनि ७५ अर्ब ७ करोड ४१ लाखबाट बढेर ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँको बनेको छ । 

पछिल्लो ३ महिनामा कम्पनीले ९६ हजार ६७४ जनाको बीमा गरेको थियो । गत वर्षको सोही अवधिमा १ लाख ३६ हजार ३९६ जनाको बीमा गरिएको थियो । हल कम्पनीको सक्रिय बीमितको संख्या १४ लाख ७८ हजार ३४६ जना रहेका छन् । कम्पनीले हालसम्म ७४ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।  

प्रति शेयर आम्दानी १०.३० रुपैयाँ, प्रति शेयर नेटवर्थ १३१.५४ रुपैयाँ, पीई रेसियो ५६.११ गुणा र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ९२८.९७ रुपैयाँ रहेको छ ।