काठमाडौं । आज लाभांश पारित गर्न हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको वार्षिक साधारण सभा बस्दै छ । हिमालयन डिस्टिलरी लिमिटेडले आज (कार्तिक ३०) गते २५ औं वार्षिक साधारण सभा बस्ने भएको हो। कम्पनीले सभा लिपनिविर्ता स्थित कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बिहान १० बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभामा लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने एजेन्डा रहेको छ।
लाभांश वितरण प्रयोजनका लागि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, कात्तिक १९ गतेसम्म गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र लाभांश पाउन योग्य हुनेछन्। सिद्धार्थ बैंक लिमिटेडले आज (कार्तिक ३०) गते वार्षिक साधारण सभा बस्ने भएको छ। बैंकले सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे सुरु हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५।५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ सञ्चालक नियुक्ति गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुकक्लोज गर्ने गरिसकेको छ। यस अनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
यो पढेपछि तपाईलाई कस्तो लाग्यो रु
आर्थिकन्यूज