शीर्षकहरू

नेपाल हाइड्रो डेभलोपर्सले  ९ प्रतिशतका दरले बोनस वितरण गर्ने

नेपाल हाइड्रो डेभलोपर्सले  ९ प्रतिशतका दरले बोनस वितरण गर्ने

काठमाडौं ।  नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।