काठमाडौँ । संघ, प्रदेश र स्थानीय तहका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।
तीन महिनामा प्रदेश सरकारहरूको कुल खर्च १७ अर्ब १५ करोड र स्रोत परिचालन ४५ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ३५ अर्ब ७ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ९ अर्ब ३५ करोड रुपैयाँ छ ।
आर्थिकन्यूज