शीर्षकहरू

वैदेशिक लगानी ६४ प्रतिशतको घट्यो

वैदेशिक लगानी ६४ प्रतिशतको घट्यो

काठमाडौं । चालु आर्थिक बर्ष २०८२-८३ को पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा ६४ प्रतिशतको भारी गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोजसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले विदेशी लगानीको निराशाजनक स्थिति देखाएको हो ।

गत आवको पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ८१ करोड रुपैयाँ रहेको थियो। चालु आवको पहिलो तीन महिनामा भने एक अर्ब ७४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

गत आवको साउनमा ८० करोड रूपियाँ लगानी भित्रिदाँ चालु आवको साउनमा ६९ करोड रुपैयाँ भित्रिएको थियो । गत आवको भदौ मसान्तसम्म दुई अर्ब ७१ करोड लगानी भित्रिदाँ चालु आवको भदौ मसान्तसम्म एक अर्ब २७ करोड रुपैयाँ लगानी भित्रिएको थियो ।

अहिले असोजसम्म आउँदा त्यो थप घटेको छ । गत आवको असोजसम्ममा चार अर्ब ८१ करोड रुपैयाँ लगानी आउँदा यसपालि तीन महिनामा एक अर्ब ७४ करोड रुपैयाँ लगानी आएको छ । यद्यपि, जेनजी आन्दोलन पछिको गिरावटमा उच्च दर देखिएको छ ।