शीर्षकहरू

सिद्धार्थ बैंकद्वारा लाभांश पारित

सिद्धार्थ बैंकद्वारा लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैँयामा ५ प्रतिशत बराबरको सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरकोसतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंय नगद लाभांश (कर प्रयोजनका लागि समेत)  पास गरेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण पेश गरेको छ ।  नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।