शीर्षकहरू

टेलिकमको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ६७ करोड

टेलिकमको पहिलो त्रैमासमा सञ्चालन आय ८ अर्ब ६७ करोड

काठमाडौं । नेपाल टेलिकमले आव २०८२-८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार रुपैयाँ (०.०१ प्रतिशत ) कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।

कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँले घटेको हो ।

कम्पनीको ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको विवरणमा उल्लेख छ । 

कम्पनीका अनुसार यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा  ३ अर्व ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा ६७ करोड १५ लाख ७८ हजारले कमी भएको हो ।