शीर्षकहरू

हाथवे इन्भेष्टमेन्टको नाफा ८७.३६ प्रतिशतले वृद्धि

हाथवे इन्भेष्टमेन्टको नाफा ८७.३६ प्रतिशतले वृद्धि

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आफनो नाफामा ८७.३६ प्रतिशतले वृद्धि गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा फाइनान्सको सञ्चालन आम्दानी ८४.३१ प्रतिशत, कुल आम्दानी ८१.९७ प्रतिशत र कुल खर्च समीक्षा अवधिमा ६६.१७ प्रतिशत घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर ५६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार ६४८.८८ गुणा रहेको छ।