काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले ८.५८ प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो नाफा बढाएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको इक्विटी यो अवधिमा ५५ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क ९.३६ प्रतिशत बढेको छ । कुल आम्दानी ०.२० प्रतिशत घटेको छ। भने खुद दाबी भुक्तानी २.४८ प्रतिशत र कुल खर्च २.६२ प्रतिशत बढेको छ।
अवधिमा कम्पनीको यस्तो आम्दानी ७१ पैसा बढेर ९ रुपैयाँ ५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४.९३ गुणा रहेको छ।
१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा २ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ९७ करोड २९ लाख रुपैयाँ सञ्चित छ।
आर्थिकन्यूज