बाङ्ग्लादेश । बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र मानवताविरोधी अपराध गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमबार हिसना सहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको बीबीसीले उल्लेख गरेको छ ।
सत्ताच्युत भएपछि हसिना भारतमा छिन्। उक्त विशेष अदालतमा उनको अनुपस्थितिमै मुद्दा चलेको हो। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन्। गत साता बीबीसीलाई इमेलमार्फत् पठाएको जबाफमा हसिनाले आफ्नो अनुपस्थितिमा राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रित (क्याङ्गरू कोर्ट) मा सुनुवाइ भएको भन्दै त्यसलाई (नौटङ्की)को सङ्ज्ञा दिएकी थिइन्।
फैसला हुँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए। मृत्युदण्डको फैसला सुनाइँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास गरेका थिए।
-बीबीसीबाट साभार
आर्थिकन्यूज