काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । मङ्सिर २६ गतेका लागि बैंकले साधारणसभा बोलाएको हो ।
उक्त सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ।
बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।
यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ती र समाहितहुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा पेश हुनेछ ।
आर्थिकन्यूज