काठमाडौं । अर्थमन्त्रालयले २० वटा चारपाङग्रे सवारी साधनको बीमा गरेको छ । मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी मार्फत सवारी साधनको पूर्ण (कम्प्रिहेन्सिभ) बीमा गरेको हो ।
जेनजी प्रदर्शन पछि ठूलो संख्याका सरकारी सवारी साधन नष्ट भएपछि ५ असोज २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सवारी साधनको प्याकेज बीमा गर्ने निर्णय गरेको हो ।
बीमाले आगामी दिनमा सरकारी सवारी साधनको आगलागी, दुर्घटना जस्ता कारणबाट क्षति हुन गएमा दाबीको रकमबाट सवारी साधन खरिद गर्न सकिने मन्त्रालयको दाबी छ । यसो हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताका क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थापन प्रभावकारी हुने मन्त्रालयको अपेक्षा छ ।
आर्थिकन्यूज