शीर्षकहरू

राष्ट्रिय जीवन बीमाका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ

राष्ट्रिय जीवन बीमाका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् । 

कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसिर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशकसँग अर्याललाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थियो ।