शीर्षकहरू

१९ औं वार्षिकोत्सवका उपलक्ष्यमा गरिमा रोड रेस सम्पन्न

१९ औं वार्षिकोत्सवका उपलक्ष्यमा गरिमा रोड रेस सम्पन्न

काठमाडौं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नाराका साथ गर्दै गरिमा रोड रेस सम्पन्न गरेको छ । विकास बैंक १९औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता आयोजना गरिएको थियो । 

खुला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाण्डौं अगाडीबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडी पुगी पूनः सोही मार्ग बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

 साथै, कर्पोरेट तथा भेट्रान  तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय रहने प्रस्तावित भवन बालुवाटार, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी अगाडी पुगी पूनः बालुवाटार, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

कुल १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको यस प्रतियोगिताको खुला विधामा महिला तर्फ १० कि.मि.को दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धावक सन्तोषी श्रेष्ठ र पुरुष तर्फ १० कि.मी.को दुरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले प्रथम स्थान हासिल गरेका थिए । यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरुले खुला विधामा पुरुष तर्फ सबै र महिला तर्फ चार पुरस्कार जित्न सफल भए ।  

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई खुला तर्फ क्रमशः रु.५०,०००, रु.३५,०००, रु.२०,०००, रु.१५,००० र रु.१०,००० नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । साथै, कर्पोरेट र भेट्रान तर्फ ५ कि.मि. विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु.३०,०००, रु.२०,०००, रु.१४,०००, रु.१०,००० र रु.७,००० नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको बैंकले जनाएको छ ।  साथै, आज आईतबार विकास बैंकले १९औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम रहेको बैंकले जनाएको छ ।