शीर्षकहरू

बोटलर्स नेपालका दुवै कम्पनीका शेयरधनीको हात खाली

बोटलर्स नेपालका दुवै कम्पनीका शेयरधनीको हात खाली

काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश नदिने भएका छन् ।

बोटलर्स नेपाल (तराई) र बालाजुको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका हुन् ।

बैठकले कम्पनी र सेयरधनीहरुको दीर्घकालिन भलाईका लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले बताएका छन् ।

बोटलर्स नेपालको ४७ औं साधारण सभा पुस २३ गते आयोजना हुनेछ । कम्पनीको बुक क्लोज भने पुस ११ गते एक दिनका लागि हुनेछ ।