शीर्षकहरू

प्रोटेक्टिभ माइक्रोका अध्यक्ष सरियाले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

प्रोटेक्टिभ माइक्रोका अध्यक्ष सरियाले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष शर्माले सरियालाई आज बिहिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थियो ।