शीर्षकहरू

असोज १८ को बाढी पहिरोबाट पौने ४ अर्बको बीमा दाबी, हालसम्म सवा करोड मात्र भुक्तानी

असोज १८ को बाढी पहिरोबाट पौने ४ अर्बको बीमा दाबी, हालसम्म सवा करोड मात्र भुक्तानी

काठमाडौं । गत असोज १८ गतेको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा ७४४ वटा प्रारम्भिक बीमा दाबी परेको छ ।

उक्त बाढी पहिरोका कारण कुल ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । जसमध्ये १ करोड १४ लाख रुपैयाँ बीमितहरुलाई भुक्तानी भएको छ । 

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिब ३ अर्ब २१ करोड ५० लाखमध्ये करिब ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको ४७ करोड ६६ लाखमध्ये १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको ४ करोड १४ लाखमध्ये १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको २ करोड ८२ लाखमध्ये ४८ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ ।

मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिब १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको १२ लाख र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० लाख रुपैयाँ दाबी भुक्तानी शुरु भएको छैन ।