शीर्षकहरू

४ महिनामा जीवन बीमाको व्यपार पौने ६४ अर्ब, कुन कम्पनीको कति ?(सूचीसहित)

४ महिनामा जीवन बीमाको व्यपार पौने ६४ अर्ब, कुन कम्पनीको कति ?(सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरूले पौने ६४ अर्बको व्यापार गरेका छन् । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले १७ अर्ब ९ करोड रुपैयाँको व्यापार गरेको छ । यसैगरी, नेशनल लाइफले ७ अर्ब ४७ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ६ अर्ब ४६ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६४ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको छ ।

त्यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ६४ करोड, एशियन लाइफले २ अर्ब ९९ करोड, सिटिजन लाइफले २ अर्ब ६६ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड र मेटलाइफले २ अर्ब ९ करोड रुपैयाँको व्यापार गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

सक्रिय बीमालेखमा रिलायबल अगाडी  

सक्रिय रहेका बीमितको संख्यामा रिलायबल लाइफ अगाडी रहेको छ । रिलायबलमा हालसम्म २४ लाख ३० हजार भन्दा धेरै बीमित सक्रिय रहेका छन् । यसैगरी, नेपाल लाइफमा १७ लाख ९ हजार, नेशनल लाइफमा १३ लाख ५३ हजार, सिटिजन लाइफमा ८ लाख १२ हजार, एलआईसी नेपाल र मेटलाइफमा समान ६ लाख ९२ हजार तथा सूर्यज्योतिमा ६ लाख ६२ हजार सक्रिय बीमित रहेका छन् । 

त्यसैगरी, एशियन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीमा समान ५ लाख ९१ हजार सक्रिय बीमित रहेको तथ्यांकले देखाएको छ ।

लघु कम्पनीको व्यापार पौने ३३ करोड

यस अवधिमा लघु जीवन बीमा कम्पनीहरूले ३२ करोड ७१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले ११ करोड ५७ लाख रुपैयाँको व्यापार गर्दा क्रेष्ट माइक्रो लाइफले ११ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको छ । 
यता, लिबर्टी माइक्रो लाइफले ९ करोड ५६ लाख रुपैयाँ व्यापार गरेको हो । गार्डियनमा १३ लाख ४१ हजार भन्दा धेरै सक्रिय बीमित छन् भने क्रेष्टमा ५ लाख १० हजार र लिबर्टीमा २ लाख ७७ हजार बढी सक्रिय बीमित छन् । 

यस अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा मार्फत कम्पनीहरुले १ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका छन् । हाल यस पोर्टफोलियोको बीमालेख बिक्री गर्ने १५ कम्पनीले उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् । जहाँ ३ माइक्रो कम्पनीले पनि यो बीमालेख बिक्री गर्दछ । 

मेटलाइफ र एलआईसी नेपालले भने यो बीमालेख बिक्री गर्दैनन् ।

null