शीर्षकहरू

बाढी-पहिरो प्रभावित व्यवसायीले चैत मसान्तसम्म कर्जाको पुनरतालिकीकरण गर्न पाउने

बाढी-पहिरो प्रभावित व्यवसायीले चैत मसान्तसम्म कर्जाको पुनरतालिकीकरण गर्न पाउने

काठमाडौं । बाढी तथा पहिरो प्रभावित जिल्लाका उद्यमी व्यवसायीको कर्जाको पुनरतालिकीकरण चैत मसान्तभित्र गरिसक्नु पर्ने छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षालाई कार्यान्वयन गर्नका लागि जारी गरेको एकीकृत निर्देशन अनुसार बाढीबाट प्रभावित भएका उद्यमी व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको पुनरतालिकीकरण गर्न पाउने भएका हुन् । 

यसरी पुनरतालिकीकरण गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तिमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हालैको बाढीरपहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि एक पटकका लागि कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो । यसका लागि ऋणी उद्यमी व्यवसायीहरुले प्रवाहित कर्जाको न्यूनतम् १० प्रतिशत ब्याज भने तिर्नुपर्ने छ ।