काठमाडौं । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई खरिद गर्ने आज मङ्सिर १७ गते अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला छ ।
कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला छ ।
पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन् । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ । जसमध्ये ७० लाख इकाइ (१४ प्रतिशत) माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ (१ प्रतिशत) माछापुच्छ्रे क्यापिटलका लागि छुट्टाइएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ ।
यस योजनाको इकाइ बिक्री छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयसम्म बन्द हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल नै रहनेछ । सामूहिक लगानी कोषमा रुचि बढिरहेको बेला सार्वजनिक भएको यस योजनाले लगानीकर्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
आर्थिकन्यूज