काठमाडौ । नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ नामक योजनाका ईकाइहरुको खरिद-बिक्री यहि मंसिर १५ गते सोमबारबाट खुला भएको छ ।
‘एन आई ३१’ नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना हो ।
यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट https://mutualfund.nabilinvest.com.np/ मार्फत खरिद-बिक्री गर्न सकिने जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले एसआईपी मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम एक हजारमा एसआईपी मार्फत ‘एन आई ३१’ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
आर्थिकन्यूज