शीर्षकहरू

बैंकिङ कसूरमा गुण एयरलाइन्सका संचालक राजेन्द्र शाक्य पक्राउ

बैंकिङ कसूरमा गुण एयरलाइन्सका संचालक राजेन्द्र शाक्य पक्राउ

ललितपर । गुण  एयरलाइन्सका  संचालक राजेन्द्र शाक्य बैंकिङ कसूरमा पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडसँग सम्बन्धित ठगीको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शाक्यलाई पक्राउ गरेको हो ।

ललितपुर जावलाखेलस्थित प्रहरी वृत्तबाट खटिएको टोलिले ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ६० वर्षीय राजेन्द्र शाक्यलाई पक्राउ गरेको हो ।

यसअघि प्रतिवादी कुसुम लामालगायतको संलग्नतामा अनुसन्धान भइरहेकै बेला संकलित विवरण तथा प्रमाणहरूको विज्ञ टोलीले अध्ययन–विश्लेषण गर्दा बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र प्रचलित कानुनविपरित निर्णय गरी बैंकलाई हानी पुगेको निष्कर्ष निकालेको थियो।

शेरचनले विभिन्न कम्पनीहरूको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी दुरुपयोग गर्न र गराउन सहयोग गरेको र उक्त अपराध लुकाउन भूमिका खेलेको ठहरिएको छ । यही क्रममा सो समूहसँग जोडिएको भन्दै शाक्यमाथि पनि कारबाही अघि बढाइएको हो।

उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखिएको छ।