शीर्षकहरू

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। यसअघि बोलाएर बयान लिएको अख्तियारले अधिकारीलाई विशेष अदालतमा मुद्दा चलाउन नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियारका अनुसार नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रक्रियामा आर्थिक अनियमितता र पद दुरुपयोग भएको ठहर भएपछि अधिकारीसहित अन्य संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले आवश्यक अनुसन्धान पूरा भएपछि अभियोगपत्र दर्ता गर्दै विशेष अदालतमा मुद्दा चलाइएको जनाएको छ। हेलिप्याड निर्माणमा बजेट विनियोजन, खर्च विवरण र ठेक्का प्रक्रियामा गम्भीर बेथिति भेटिएको आयोगको दाबी छ।