शीर्षकहरू

एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

प्लेअफमा पुग्ने विराटनगरको लक्ष्य, प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई जित्नैपर्ने दबाब

एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा  अहिले विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले  पहिला ब्याटिङ गर्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेलअगावै प्लेअफमा पुग्ने विराटनगरको लक्ष्य हुनेछ । यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ । प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ । 

लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। गुल्बदिन नैबको स्थानमा जोनाथन स्मिथलाई ल्याएको छ।त्यस्तै, विराटनगरले पनि एक खेलाडी परवर्तन गरेको छ। सेहान जयसूर्यको स्थानमा फाफ डु प्लेसिसलाई प्लेइङ–११ मा ल्याएको छ। 

विराटनगर किंग्सको टोली : सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, फाफ डु प्लेसिस, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे।

लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथ्यु सर्ट, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।