शीर्षकहरू

चार महिनामा साढे २ लाख बढी राउटर आयात, चीनबाट मात्रै ४४ करोडको भित्रियो

चार महिनामा साढे २ लाख बढी राउटर आयात, चीनबाट मात्रै ४४ करोडको भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँ बराबरका राउटर आयात भएकाे छ । भन्सार विभागको तथ्यांक अनुसार कार्तिकसम्ममा २ लाख ५६ हजार ५०७ थान राउटर भित्रिएका छन्।

असोजसम्म १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएको थियो, जसको मूल्य ४५ करोड १० लाख ७० हजार रुपैयाँ थियो। एक महिनामा थप ६७ हजार ६८६ थान राउटर भित्रिएसँगै राउटर आयात मूल्यमा १४ करोड ६५ लाख ८६ हजार रुपैयाँको वृद्धि भएको हो। चार महिनामा राउटर आयातको कुल मूल्य ५९ करोड ७६ लाख ५६ हजार पुगेको विभागको तथ्यांकले पुष्टि गर्छ।

उक्त अवधिमा नेपालले चीन, भारत, अमेरिका, भियतनाम, मलेसिया, कतारसहित १२ मुलुकबाट राउटर आयात गरेको छ। सबैभन्दा ठूलो हिस्सा चीनबाट आएको छ, जहाँबाट १ लाख ८८ हजार २९५ थान राउटर आयात भएका छन्, जसको मूल्य ४४ करोड ५० लाख २९ हजार रुपैयाँ छ। भारतबाट २११ थान, भियतनामबाट ८० थान, कतारबाट ४ थान, अमेरिकाबाट १ थान र मलेसियाबाट १ थान राउटर आयात भएका विवरणमा उल्लेख छ।

चार महिनामै राउटर आयातमा देखिएको तीव्र वृद्धि इन्टरनेट तथा डिजिटल पहुँच विस्तारसँगै उपकरणको बजार माग तीव्र रूपमा बढिरहेको संकेतका रूपमा देखिएको छ।