काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरबीबी फोकस-४० को इकाई सूचीकृत भएको छ ।
बुधबार नेप्से र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ भएको क्रम संख्या १ देखि १२ करोड ५० लाखसम्मका कुल १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष आरविवि फोकस-४० सूचीकरण सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला विक्री आव्हान गरेको थियो। यसरी वितरण गरिएको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७४ बमोजिम सूचीकृत भएको हो।
उक्त म्युचुअल फण्ड आइतबारदेखि कारोबार सुरु हुनेछ ।
आर्थिकन्यूज