काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किंग्सले टस जितेको छ । टस जितेको विराटनगरले पहिले बलिङ गर्ने भएको हो । सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुगिसकेको छ ।
विराटनगरले सुदूरपश्चिमविरूद्ध ठूलो अन्तरको जितले मात्र उसको दोस्रो स्थान पक्का हुनेछ र पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । पराजित भए वा कम अन्तरको जितले विराटनगर तेस्रो स्थानमा सीमित हुनेछ भने इलिमिनेटरमा लुम्बिनी लायन्ससँग खेल्नेछ ।
यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो ।
यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
विराटनगरले आजको खेलमा अघिल्लो टोलीबाट चार खेलाडी परिवर्तन गरेको छ भने सुदूरपश्चिमले २ खेलाडी परिवर्तन गरेको छ।
सुदूरपश्चिम टोली
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दीपक बोहोरा, जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, ध्रुव परासर, पुनित मेहरा
विराटनगर टोली
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे
आर्थिकन्यूज