काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको हो।
सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ जोश ब्राउनले २४ दिपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिस जीसीले २ र बसिर अहमतले १ विकेट लिए ।
यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो ।
यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगरले आजको खेलमा अघिल्लो टोलीबाट चार खेलाडी परिवर्तन गरेको छ भने सुदूरपश्चिमले २ खेलाडी परिवर्तन गरेको छ।
सुदूरपश्चिम टोली
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दीपक बोहोरा, जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, ध्रुव परासर, पुनित मेहरा
विराटनगर टोली
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे
आर्थिकन्यूज