काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको भाउ वृद्धि भएको छ । यस दिन प्रतितोला सुनको मूल्य २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २०० रुपैयाँमा झरेको छ ।
यस अघि शुक्रबार तोलाको २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर ३ हजार ६०५ रुपैयाँमा उक्लिएको छ ।
आर्थिकन्यूज