शीर्षकहरू

लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

लामिनारद्वारा ‘मेरो सपनाको घर’ नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडौं। लामिनार भिट्रिफाईड टायलले “लामिनार  मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्।

यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्। मेक-ओभर मेटलवुड फर्निचर, कोहलर सेनेटरीवेयर, ब्रिलियन्ट लाइटिंग तथा एम्पोरियोस फर्निसिंग्स जस्ता प्रतिष्ठित डिजाइन र लाईफस्टाइल ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ ।

यसमा सहभागी हुन ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भनेर भन्नु पर्ने हुन्छ भने उक्त भिडियोलाई पब्लिक रूपमा आफ्नो टिकटक, इन्टाग्राम र फेसबुकमा पोष्ट गर्नु पर्ने हुन्छ । यस्तै @laminartiles लाई ट्याग गरेर #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नु पर्ने हुन्छ ।

प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टका आधारमा गरिने छ।

प्रत्येक विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन र Before–During–After फोटो/भिडियो डकुमेन्टेशन प्राप्त गर्न सक्नेछन् ।

भिडियो अपलेड गर्ने अन्तिम मिति (२०२६ जनवरी २) र विजेता घोषणा मिती (२०२६ जनवरी ७) रहेको छ ।