काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको निधन भएको छ । ८२ वर्षको उमेरमा श्रेष्ठको आतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको आजै काठमाडौंको शोभाभगवतीमा अन्त्येष्टी गरिने भएको छ । नेपालको बैंकिङ क्षेत्रको अग्रज बैंकर मानन्धरले पछिल्लो समय प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्याकरी अधिकृतपछि बैंकिङ क्षेत्रबाट अवकास लिएका थिए ।
प्राइम कमर्सियल बैंक स्थापना हुनुअघि उनले विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्याकारी अधिकृत भएर काम गरेका थिए । उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको परामर्शदाताको रुपमा समेत काम गरेका थिए ।
२१ औं वाणिज्य बैंकको रुपमा स्वीकृति पाएको प्राइम बैंकको स्थापना र छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाईमा पुर्याउन उनले योगदान दिएका थिए । मानन्धर इमानदार, कर्तब्यनिष्ठ, विशिष्ट ज्ञान, क्षमता र दूरदृष्टि भएका बैंकरको रुपमा चिनिन्थे ।
मानन्धरले केही समय युवक मावि र युथ क्याम्पसमा अध्यापन समेत गरेका थिए । मानन्धरले धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रवन्धक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरेका थिए । तत्कालीन नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको कार्यकारी प्रमुख अधिकृत भएर काम गरेका मानन्धरले नेपाली बैंकिङ क्षेत्रमा उत्कृष्ठ योगदन पुर्याएका छन् । मानन्धरकी श्रीमती एक छोरा र ३ छोरी छन् ।
आर्थिकन्यूज