गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गतेको लागि आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो।
कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । तर कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव फेरि ल्याएको छ।
कम्पनीले साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत हाल कायम चुक्ता पुँजी ७५ करोडको १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको छ।
हकप्रद जारी गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ।
साथै, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्ने, साथै आव २०८२/८३ का लागि बाह्रय लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
आर्थिकन्यूज