शीर्षकहरू

कृत्रिम बौद्धिकता सम्बन्धी नँया मार्गदर्शन जारी

कृत्रिम  बौद्धिकता  सम्बन्धी नँया  मार्गदर्शन जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति बमोजिम कृत्रिम  बौद्धिकता  (एआई) सम्बन्धी नँया मार्गदर्शन जारी गरेको छ। विश्वमा कृत्रिम  बौद्धिकता  प्रयोग तीव्र गतिमा अगाडि बढिरहेको छ, जसले वित्तीय क्षेत्रमा पनि विविध अवसर र चुनौतीहरू सिर्जना गरेको पाइन्छ।

यही तथ्यलाई मध्यनजर गर्दै वित्तीय संस्थाहरुको सञ्चालन गर्ने तरिकालाई पुनर्संरचना गर्ने सहयोग गर्ने ध्येय अनुरुप यस्तो मार्गदर्शन केन्द्रिय बैंकले आफ्नो आधिकारिक वेबपेज मार्फत जारी गरेको हो। यो मार्गदर्शन विशेषत : नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरू लाई एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगतर्फ उन्मुख गराउन तयार पारिएको बताइन्छ।

यस्ता संस्थाहरुमा वाणिज्य बैंकहरू (वर्ग 'क'), विकास बैंकहरू (वर्ग 'ख'), वित्त कम्पनीहरू (वर्ग 'ग'), लघुवित्त संस्थाहरू (वर्ग 'घ'), नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, साथै भुक्तानी प्रणाली सञ्चालकहरू (पीएसओअस) र भुक्तानी सेवा प्रदायकहरू (पीएसपीएस ) पर्दछन्।

कृत्रिम बौद्धिकता  सम्बन्धी नँया मार्गदर्शन चार प्रमुख उद्दश्यहरु छन्। पहिलो , वित्तीय स्थिरता, व्यावसायिक इमान्दारिता र सञ्चालनगत कुशलताको सुनिश्चित गर्दै कार्य प्रभावकारिता, नवीनता र ग्राहक-केन्द्रितताको बढोत्तरी हुने गरी एआई प्रविधिको प्रयोग प्रवर्द्धन गर्नु  हो।  

दोश्रो,राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरूमा एआईको प्रयोगलाई पारदर्शी, निष्पक्ष र उत्तरदायी बनाउनुको अतिरिक्त ग्राहकको हकहित र डाटाको गोपनीयता प्रत्याभूति गर्नु  रहेको छ । 

तेश्रो,सञ्चालनगत, प्रणालीगत, आचारगत र मोडेलगत जस्ता पक्षसँग जोडिएको एआई प्रयोग सम्बन्धी सम्भावित जोखिमहरू न्यूनीकरण गर्ने, र ती जोखिम व्यवस्थापनका लागि आवश्यक शासकीय संरचनाहरू इजाजतप्राप्त संस्थाहरूमा मा सुनिश्चित गर्नु  हो।

चौथो, एआईको प्रयोग मार्फत सबै वर्गका ग्राहकलाई वित्तीय सेवा सरल र सहज ढंगले सुनिश्चित गर्न एक प्रतिस्पर्धी र समावेशी वित्तीय क्षेत्रको विकास गर्नु  रहेको छ।

केंद्रोय बैंकले कृत्रिम कृत्रिम बौद्धिकता  सम्बन्धी नँया मार्गदर्शन उपर कुनै राय सुझाव भएमा २०८२ पुस १५ भित्र यस बैंकमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।