काठमाडौं । सुन, चाँदी र अन्य बहुमूल्य धातु / वस्तु कारोबार गर्ने व्यवसायीहरूलाई निजी खाताबाट कारोबार नगर्न आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ।
विभागले निर्देशन अनुसार, व्यवसायीहरूले आफ्नो कारोबार कम्पनी वा संस्था नाममा दर्ता भएको बैंक/वित्तीय संस्थाको खाता मार्फत मात्र गर्नुपर्नेछ। निजी व्यक्ति, कर्मचारी, परिवारका सदस्य वा अन्य व्यक्तिको बैंक खाता व्यवसायीक कारोबारका लागि प्रयोग गर्न पाइने छैन।
त्यस्तै, एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको बहुमूल्य धातु वा वस्तु खरिद बिक्री गर्नुपर्नेछ भने, भुक्तानी ग्राहक वा तिनको परिवारको बैंक खाताबाट मात्र लिनुपर्ने व्यवस्था गरिएको छ।
आर्थिकन्यूज