काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ । पछिल्ला पाँच कारोबार दिनयता लगातार घट्दै आएको नेप्सेले सोमबार पनि सोही क्रमलाई दोहोर्याउँदै ३.०२ अंकको गिरावटसहित २६०६.६७ विन्दुमा बन्द भएको छ।
सूचकसँगै कारोबार रकम पनि घटेको देखिएको छ। आइतबार ५ अर्ब ३३ करोड रुपैयाँमाथिको कारोबार भएको बजारमा सोमबार ३३१ स्टकका ८३ हजार २७३ कारोबारमार्फत ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरका १ करोड १ लाख ४६ हजार कित्ता शेयर किनबेच भएका छन्।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक वृद्धि भएको छ भने ८ उपसमूह घटेका छन्। जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ।
यस दिन ४ स्टक सकारात्मक सर्किट लेभलमा उक्लिएका छन्। अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डस्ट्रीजका शेयर सर्किट लेभलमा कारोबार भए। इंगवा हाइड्रोपावरको मूल्य ९ प्रतिशतले बढेको छ, जबकि बाँकी बढेका स्टकहरू साढे ४ प्रतिशतभन्दा कम वृद्धि दर्ज गरेका छन्। सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ५.१६ प्रतिशतले ओरालो लाग्दै यस दिन सर्वाधिक घट्ने कम्पनीमा परेको छ।
उच्च कारोबार रकमतर्फ ङादी ग्रुप पावर शीर्षमा रहेको छ। कम्पनीले सोमबार ५५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यस्तै, सागर डिस्टिलरीको करिब २४ करोड रुपैयाँको कारोबार भएको छ भने पियोर इनर्जीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।
आर्थिकन्यूज