काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

आर्थिकन्यूज