काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
आर्थिकन्यूज