शीर्षकहरू

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौं ।  मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो । योसँगै सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो।

सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगर पहिलो प्रयासमा नै उपाधि नजिक पुग्ने मौका गुमाएको छ। अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ। विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। 

एलिमिनेटर खेलमा बुधबार तेस्रो स्थानको काठमाडौ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स खेल्नेछन्।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुई-दुई  विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो ।

सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०र२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे ।

यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई-दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एकरएक विकेट लिए ।