शीर्षकहरू

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले १० वटा सामाजिक सञ्जाल चलाउन नपाउने

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले १० वटा सामाजिक सञ्जाल चलाउन नपाउने

एजेन्सी । विश्वभरी चर्चा चलिरहेका बेलामा अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्महरू प्रयोगमा १६ वर्षमुनिका बालबालिकाहरूलाई निषेध गरेको हो।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई अस्ट्रेलियन बालबालिकाका अभिभावकले गर्व गर्ने दिनका रूपमा लिन भनेकी छिन । प्रधानमन्त्री अल्बानिजले बालबालिकाहरूलाई सामाजिक सञ्जाल छाडेर खेलकुद, संगीत र अध्ययनजस्ता कार्यहरूमा लाग्न भनेका छन्। सरकारले यसलाई कार्यान्वयन पक्ष पनि बलियो बनाएको छ।

रोयटर्सका अनुसार निषेध गरिएका सामाजिक सञ्जालहरूमा बालबालिकालाई पहुँच भए त्यस्ता प्ल्याटफर्महरूलाई  झन्डै ५ करोड अस्ट्रेलियन डलर जरिवाना लाग्नेछ।यसले त्यस्ता प्ल्याटफर्महरूलाई पनि आफ्नो तहबाट जिम्मेवार बनाउनेछ।

 नयाँ व्यवस्थापछि धेरै बालबालिकाहरूले  गुडबाई भनेर आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट लेखेका छन्। रोयटर्सका अनुसार कानुन लागु हुनुअगाडि नै १० लाख बालबालिकाहरूले गुड बाइ भनेर आफ्नो अकाउन्टमा पोस्ट लेखेका छन्।

 

 सामाजिक सञ्जाल बन्दपछि धेरैले ३कभभथयगधजभलष्mज्ञट लेखेर ह्यासट्याग अभियान पनि चलाए।