काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ ।
मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
आर्थिकन्यूज