शीर्षकहरू

एनपीएल इलिमिनेटर : लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गर्ने

एनपीएल इलिमिनेटर :  लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

आजको खेलको विजेताले भोलि बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि विराटनगर र आजको खेलको विजेताबीच हुने दोस्रो क्वालिफायरको नजिताले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

यसअघि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का  गरिसकेको छ। सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेलमा विराटनगरमाथि मंगलबार जित हात पारेको थियो। फाइनल प्रतिस्पर्धा शनिबार अपरान्ह साढे तीन बजे हुनेछ। 

काठमाडौँले आजको खेलमा पहिलेकै खेलको टोलीलाई निरन्तरता दिएको छ। लुम्बिनीले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। सुमित महर्जनको स्थानमा दिनेश अधिकारी प्लेइङ ११ मा आएका छन्। 

काठमान्डौँ गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, भीम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन र सन्नी पटेल।

लुम्बिनी लायन्सको टोली : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।