काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
आर्थिकन्यूज