शीर्षकहरू

दुई लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

दुई लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । जसमध्ये, फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई ६.५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

त्यस्तै, डिप्रोक्स लघुवित्तले भने १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद  गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।