शीर्षकहरू

सुस्तायो शेयरबजार, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

सुस्तायो शेयरबजार, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक बिहीबार १.६६ अंक घटेर २६०७.३७ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।

दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.४२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करिब साढे १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

null