शीर्षकहरू

एनपीएल दोस्रो क्वालिफायर : विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, लुम्बिनी ब्याटिङमा

आजको विजेता फाइनलमा प्रवेश गर्ने, पराजित टोली प्रतियोगिताबाट बाहिरिने

एनपीएल दोस्रो क्वालिफायर : विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, लुम्बिनी ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

पहिलो क्वालिफायरमा पराजित विराटनगर र इलिमिनेटरमा विजयी लुम्बिनीबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुन लागेको हो । आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो । इलिमिनेटरमा भने लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरको विजेता टोली सुदूरपश्चिम यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

आजको खेलका लागि विराटनगरले सूर्य तामाङ, नारायण जोेशीको स्थानमा शंकर राना र सुवास भण्डारी प्लेइङ ११ मा ल्याएको छ। लुम्बिनीले भने एलिमिनेटर खेलको टोलीलाई नै निरन्तरता दिएको छ। 

विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, शंकर राना, नरेन भट्ट, सुवास भण्डारी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे।

लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।