शीर्षकहरू

९ विकास बैंक घाटामा, धेरै नाफा आर्जन गर्नेमा गरिमा अगाडि (सूचीसहित)

९ विकास बैंक घाटामा, धेरै नाफा आर्जन गर्नेमा गरिमा अगाडि (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/२०८३ को ४ महिनामा अधिकांश विकास बैंकहरुकले घाटा ब्यहोरेका छन् । यस अवधिमा सञ्चालनमा रहेका १७ मध्ये ९ विकास बैंकले घाटा ब्यहोर्न बाध्य भएका छन् ।

धेरै घाटा ब्यहोर्नेमा लुम्बिनी विकास बैंक अगाडि रहेको छ । जसले यस अवधिमा ३६ करोड ४६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकले १८ करोड ६९ लाख, सिन्धु विकास बैंकले ४ करोड ४७ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ३ करोड २९ लाख र ग्रीन डेभलपमेन्ट बैंककले २ करोड १८ लाख रुपैयाँ घाटा व्योहोरेका छन् । 

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड १२ लाख, सालपा विकास बैंकले १ करोड ४१ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकले ७६ लाख रुपैयाँ घाटा व्योहोरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

८ वटाले कमाए नाफा

यस अवधिमा ८ विकास बैंकले खुद नाफा आर्जन गर्न सफल भएका छन् । गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेशुंगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाङ्ग्रीला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र मितेरी विकास बैंकले नाफा आर्जन गरेका छन् । 

जसमध्ये सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले ३९ करोड ७७ लाख रुपैयाँ आर्जन गर्दा मुक्तिनाथले ३८ करोड ४२ लाख, शाइन रेशुंगाले ३० करोड २५ लाख, कामना सेवाले २७ करोड ७७ लाख, शाङ्ग्रीलाले १४ करोड ८५ लाख र ज्योति विकास बैंकले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यसैगरी, महालक्ष्मी विकास बैंकले ८ करोड ४४ लाख र मितेरी विकास बैंकले ३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

 null