शीर्षकहरू

रिलायबल इन्भेष्टमेन्टलाई मर्चेन्ट बैंकरको काम गर्न सेबोनबाट स्वीकृति

रिलायबल इन्भेष्टमेन्टलाई मर्चेन्ट बैंकरको काम गर्न सेबोनबाट स्वीकृति

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सतप्रतिशत सहायक कम्पनीको रुपमा कम्पनी ऐन, २०६३ को व्यवस्था बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा सिमित कार्यहरु गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त भएको तथा सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको हो ।

बोर्डबाट गत मंगलबार गते धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्राप्त गरेको छ । कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा, धितोपत्र प्रत्याभूती,लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको को कार्यहरु गर्दै आइरहेको छ ।

बिगत ३० बर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापनसँग सम्वन्धित बिभिन्न संस्थाहरु तथा बैंकिङ्ग व्यवसायहरुमा प्रत्यक्ष संलग्न हुँदै आएका भिष्मराज चालिसेले गत भदौ २७ गते देखि आगामी ४ बर्षको लागी प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भई कार्यभार सम्हाल्दै आएका छन् ।